२२ भाद्र २०८३, सोमबार
Logo

रसुवामा हराइरहेका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण सुरु

रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका नेपाली तथा विदेशी नागरिकको पहिचानका लागि रसुवामा डीएनए परीक्षण सुरु गरिएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि आफन्तजन सम्पर्कविहीन तथा बेपत्ता रहेका व्यक्तिको पहिचान गर्न जिल्लाभित्र फेला परेका शव तथा शरीरका अंग वा भागको डीएनए परीक्षण गरिने भएको हो। सम्बन्धित व्यक्तिको पहिचानका लागि सबैभन्दा नजिकको रगतको नाता अर्थात् बाबु, आमा, छोरा वा छोरीमध्ये एक जनाको ‘फ्रेस ब्लड’ नमुना संकलन गरिने जनाइएको छ। उनीहरू उपलब्ध नभएको अवस्थामा दाजु, भाइ, दिदी वा बहिनीमध्ये एक जनाको नमुना संकलन गरिनेछ।

नमुना दिन आउने आफन्तले दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याउनुपर्नेछ। यसका लागि सम्बन्धित व्यक्तिका आफन्तलाई रसुवा अस्पताल, धुन्चे वा जिल्ला प्रहरी कार्यालय, धुन्चेमा सम्पर्क गर्न अनुरोध गरिएको छ। डीएनए परीक्षण भदौ २० गतेदेखि सुरु भएको हो। नमुना संकलनका लागि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ।

बाढीपछि हराइरहेका व्यक्तिका आफन्तले शव वा शरीरका अंगको वैज्ञानिक परीक्षणमार्फत पहिचान गर्न सक्ने भएकाले सम्बन्धित परिवारलाई यथाशीघ्र सम्पर्क गर्न आग्रह गरिएको छ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्