८ भाद्र २०८३, सोमबार
Logo

जोखिमयुक्त क्षेत्रको पञ्चकन्या अध्यक्षद्वारा स्थलगत अवलोकन

सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै पञ्चकन्या गाउँपालिकाले घलेभञ्ज्याङ–घ्याङ्स्वारा, स्रोहमाने–नेवारपानी लगायत जोखिमयुक्त सडकखण्ड तथा बस्तीको स्थलगत अनुगमन गरेको छ।

गाउँपालिका अध्यक्षको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, नगर प्रहरी तथा सम्बन्धित कर्मचारीसहितको टोलीले जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्नुका साथै नेवारपानीका घर–घरमा पुगेर स्थानीयवासीको अवस्था र समस्याबारे जानकारी लिएको हो।

सम्भावित विपद्का कारण नागरिकको जिउधनमा क्षति हुन नदिन गाउँपालिकाले मेसिनसहितको प्राविधिक टोली तथा विपद् व्यवस्थापन टोलीलाई आवश्यक तयारीसहित परिचालन गरेको जनाएको छ। विपद्को जोखिम बढिरहेका बेला गाउँपालिका अध्यक्ष स्वयं जोखिमयुक्त क्षेत्रमा पुगेर स्थानीयको अवस्था बुझ्दै उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सक्रिय रहनुभएको गाउँपालिकाले जनाएको छ।

नागरिकको सुरक्षा र जिउधनको संरक्षणलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताइएको छ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्