नुवाकोटको शेराबगरमा मोटरसाइकल आपसमा ठोक्किए, ४ वर्षीया बालिकासहित ३ जना घाइते

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ५ स्थित शेराबगरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक बालिकासहित तीन जना घाइते भएका छन्। दुर्घटनामा एउटा सरकारी मोटरसाइकल समेत संलग्न रहेको छ।
पन्चकन्या गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र ०२–००१ ख ५३८३ नम्बरको सरकारी मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश–३–०३–००१ प नम्बरको मोटरसाइकल शेराबगरमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परि दुवै मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा शर्मीला तामाङ (४ वर्षीया बालिका) (पन्चकन्या गाउँपालिका वडा नम्बर ४), सन्च तामाङ (६२ वर्षीया ), (पन्चकन्या गाउँपालिका वडा नम्बर ४), सरोज तामाङ (शिवपुरी गाउँपालिका वडा नम्बर ५) रहेका छन्!
दुर्घटना लगतै स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा घाइतेहरूको उद्धार गरिएको थियो। उपचारका लागि अस्पताल पठाइएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ भने घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।













प्रतिक्रिया दिनुहोस्