१४ श्रावण २०८३, बिहीबार
Logo

विदुर खानेपानीका बक्यौता उपभोक्तालाई जरिवाना छुट



विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बक्यौता महसुल नतिरेका उपभोक्तालाई जरिवाना छुट दिने निर्णय गरेको छ।

संस्थाका अनुसार २०८३ साउन १५ गतेदेखि २०८३ भदौ १५ गतेसम्म बक्यौता महसुल बुझाउने उपभोक्ताको लाग्ने सम्पूर्ण जरिवाना छुट गरिनेछ। तोकिएको अवधिभित्र महसुल नबुझाएमा सूचना नै आधार मानी धारा काटिने र त्यससम्बन्धी सबै खर्च सम्बन्धित उपभोक्ताले नै व्यहोर्नुपर्ने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्