नुवाकोटमा स्वस्थ हिँडाइ, योग तथा सिकाइ कार्यक्रम सम्पन्न

नुवाकोट, असार २ गते । जनस्वास्थ्य कार्यालय, नुवाकोटको आयोजनामा नसर्ने रोगको रोकथाम तथा न्यूनीकरणका लागि जनचेतनामूलक “स्वस्थ हिँडाइ, योग र सिकाइ कार्यक्रम” सम्पन्न भएको छ।
“मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित आयोजित कार्यक्रममा नियमित हिँडडुल, योग अभ्यास, स्वस्थ खानपान तथा स्वस्थ जीवनशैली अपनाएर मुटुरोग, मधुमेह, क्यान्सर, उच्च रक्तचाप,लगायतका नसर्ने रोगबाट बच्न सकिने विषयमा जानकारी दिइयो । कार्यक्रम मार्फत दैनिक कम्तीमा ३० मिनेट हिँड्ने, धूम्रपान तथा मदिराजन्य पदार्थबाट टाढा रहने र नियमित स्वास्थ्य जाँच गराउने सन्देश प्रवाह गरिएको थियो ।
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय तथा बिभिन्न संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधीहरु सहभागिता रहेको थियो ।

जनस्वास्थ्य कार्यालय, नुवाकोटले स्वस्थ जीवनशैलीको विकास गरी नसर्ने रोगमुक्त समाज निर्माण गर्न यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।














प्रतिक्रिया दिनुहोस्