दुप्चेश्वरमा रैथाने बाली प्रवद्र्धन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

नुवाकोट, दुप्चेश्वर—दुप्चेश्वर गाउँपालिकाले स्थानीय स्वयंसेविकाहरूलाई लक्षित गरी खाद्य तथा पोषण सुरुक्षामा रैथाने बालीको महत्व सम्बन्धी सचेताना गोष्टी सम्पन्न गरेको छ । कार्यक्रममा कृषी शाखाका प्रमुख सुदेस सुवेदीले रैथाने बालीको संरक्षण, उत्पादन, वृद्धि तथा प्रवद्र्धन सम्बन्धी सचेतनामूलक जानकारी दिनु भयो । कार्यक्रममा कोदो, फापर, जौ, चिनो, कागुनो लगायतका पोषणयुक्त रैथाने बालीहरूको महत्वबारे जानकारी गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर बहादुर थापाले रैथाने बालीले स्थानीय खाद्य सुरक्षामा योगदान पु¥याउनुका साथै पोषण सुधार, आयआर्जन वृद्धि र कृषि जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो उहाँले स्वयंसेविकाहरूलाई समुदाय स्तरमा रैथाने बालीको उत्पादन तथा उपभोग बढाउन जनचेतना फैलाउन आग्रह अनुरोध गनर््ू भयो ।
अध्यक्ष थापाले स्थानीय वातावरणमा अनुकूल रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकता दिँदै किसानलाई प्रोत्साहन गर्ने नीति अघि बढाएको बताउनु भयो ।
दुप्चेश्वरको आधार कृषी र पर्यटन रहेको बताउदै, स्थानिय रैथाने बाली संरक्षण तथा प्रवद्र्धनले पालिकाको पर्यटन बिकाश र नागरिकहरुको आर्थीक वृद्धि तथा स्वास्थ्यमा समेत टेवा पुग्ने हुदाँ सबै नागरिकहरुले यसलाई महत्वको साथ हेरिनु पर्ने पालिकाले बताएको छ ।














प्रतिक्रिया दिनुहोस्