साल्मे माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न

किस्पाङ गाउँपालिका उपाध्यक्ष अर्जुन प्रसाद न्यौपानेले पालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्न आफुहरु लागि परेको बताउनु भएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ४ स्थित साल्मे माध्यमिक बिद्यालयको अभिभावक भेला लाई सम्बोधन गर्दै बताउनु भएको हो । पालिकाका सामुदायिक बिद्यालयमा पनि गुणस्तरीय पढाइ हुने उदाहरण दिनुहुँदै किस्पाङका सामुदायिक बिद्यालयका रिजल्ट उत्कृष्ट हुँदै गएको र साल्मे माध्यमिक बिद्यालयमा बाट पनि उत्कृष्ट रिजल्टको अपेक्षा रहेको बताउनु भयो ।

कार्यक्रमलाई प्रशासकीय अधिकृत केदार प्रसाद खतिवडा, वडा अध्यक्ष लगायतले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभएकोएको थियो

त्यसैगरी आगामी कार्यकालका लागि एकराज घलेको अध्यक्षतामा बिद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा
फै घले, बिर्ग बहादुर तामाङ, बोमोसाङ तामाङ, चिरमा लामा तामाङ, ब्रेसमाया तामाङ उर्मिला तामाङ रहेका छन् ।

साथै उक्त कार्यक्रममा २०८१ सालको एसइइ परिक्षामा सफल भएका विद्यार्थी हरुलाई सम्मान गरिएको प्रधानाध्यापक चक्र तामाङले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्