४ मंसिर २०८२, बुधबार
Logo

अन्तरपालिका पुरुष भलिबलको उपाधि दुप्चेश्वरको कब्जामा

चौथो संस्करणको अन्तरपालालिका पुरुष भलिबलको उपाधी दुप्चेश्वर गाउँपालिकाले कब्जा गरेको छ ।

पञ्‍चकन्या गाउँपालिकाको आयोजनामा सञ्‍चालित नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिताको उपाधी पञ्चकन्या “ए” लाई ३-१ अन्तरले हराउँदै उपाधी हात पारेको हो । त्यसैगरी तादी गाउँपालिका तेश्रो र पञ्चकन्या “बि” चौंथो भएको छ ।


त्यसैगरी प्रतियोगितकाको उत्कृष्ट खेलाडी दुप्‍चेश्‍वर गाउँपालिकाका राजिब कडेल घोषित भएका छन ।

प्रतियोगिताको समापन कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ (रमेश) गर्नुभएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews


कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य रमेश कुमार महत, विशिस्ठ अतिथी जिल्ला समन्वय समिती नुवाकोट प्रमुख रिजिन्द्र बिक्रम सिंह ठकुरी, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर बहादुर थापा रहनु भएको थियो भने प्रतियोगिता समापन समारोहमा विभिन्न राजनैतिक दलका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्