चेयरम्यान कप भलिबलको उपाधिका लागि पञ्चकन्या “ए” र दुप्चेश्वर भिड्ने

पञ्चकन्या गाउँपालिकाको आयोजनामा संचालन भइरहेको नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक पञ्चकन्या “ए” र दुप्चेश्वर भिड्ने भएका छन् ।

शुक्रबार सम्पन्न भएको सेमिफाईनलमा
तादी गाउँपालिका लाई पराजित गर्दै पञ्चकन्या “ए” फाइनल पुगेको हो । त्यसैगरी दोस्रो सेमिफाइनलमा
दुप्चेश्वर द्वारा पञ्चकन्या “वि” लाई पराजित गर्दै फाइनल पुगेको हो ।

शनिबार सम्पन्न हुने प्रतियोगिताको समापन समारोहमा नेपाली कांग्रेस जिल्ला सभापति एवं प्रदेश सभा सदस्य रमेश कुमार महत प्रमुख अतिथी रहनुहुने बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्