कृषकको हल गोरु हरायो

पालिरहेको हल गोरु हराएपछि हलगोरु चलाएर जीविको धानी रहेका कृषकको बिचल्ली भएको छ। अरु कुनै पनि आम्दानीको स्रोत नभएको गोरु जोतेर आम्दानी गरी दैनिकी धान्दै आएका कृषक कृष्णबहादुर मिजारको कालो र रातो रङको हलगोरु चोरी भएसँगै उनी निकै पीरमा छन्।
नुवाकोटकोसूर्यगढी गाउँपालिका वडा नं ५ स्थित तापकेचौर सिँगारेमा गोठमै बानी रहेको गोरु गत माघ २ गते राति चोरी भएको हो।
कृषक मिजारको हलगोरु बिक्रीको तयारीमा थियो ! पटक पटक गोरु किन्ने मान्छेहरू उनको घरमा आएको कृषकले स्मरण गरे। तर गत माघ २ गते राति नै हल गोरु चोरी हुँदा कृषक निकै तनावमा छन्।
उनले प्रहरी चौकी खरानीटार मा गोरु खोजिदिन आग्रह गर्दै उजुरी दिए पनि उजुरी उपर कुनै पनि कारबाही अगाडि नबढेको गुनासो पोखे। आफ्नो गोरुलाई खोजिदिन कृषकले जनप्रतिनिधिहरूलाई आग्रह गरेपनि आफूलाई सहयोग गर्ने कोही नभएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्