७ माघ २०८१, सोमबार
Logo

नुवाकोट प्याप्सनको अध्यक्षमा पुरुषोत्तम अधिकारी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको अध्यक्षमा पुरुषोत्तम अधिकारी निर्वाचित हुनुभएको छ।

शनिवार भएको प्याब्सन नुवाकोटको ९ औ अधिवेशनले अधिकारीको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गराएको हो । समितिको उपाध्यक्ष राजन खतिवडा, सचिवमा रामजी भट्ट र कोषाध्यक्षमा रामशरण रिमाल निर्वाचित हुनुभएको छ ।

समितिको सदस्यहरूमा गगन कल्याण प्रधान, यादव अधिकारी र गोबिन्द प्याकुरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले राज्यको नीति नियम र पद्धतिलाई अनुसरण गर्दै विद्यालय सञ्चालन गरेता पनि सरकारले निजी विद्यालयहरूलाई व्यवस्था गरेकोमा दुःख व्यक्त गरे । निजी विद्यालयहरूले राज्यको शैक्षिक अवस्थामा ुर्‍याएको योगदानको कदर नभएको वक्ताहरूको गुनासो छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्