७ माघ २०८१, सोमबार
Logo

लक्ष्मी सपोर्ट फाउन्डेसनद्वारा भूमिदेवी विद्यालयका छात्र छात्रालाई न्यानो कपडा र शैक्षिक सामग्री

तारकेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको भुमेदेबी आधारभुत बिद्यालयका बालबालिकालाई लक्ष्मी सपोर्ट फाउन्डेसन काठमाडौद्वारा न्यानो कपडा लगाएत स्टेसनरी सामाग्री प्रदान गरेको छ ।

तारकेश्वर गाउँपालिका जनप्रतिनिधि एवं लक्ष्मी सपोर्ट फाउन्डेसनका प्रतिनिधि स्वर्णिम थापा द्वारा बिद्यालयका बालबालिकाहरुलाइ न्यानो कपडाका साथै स्टेसनरी सामाग्री प्रदान गरेका हुन् ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत जनमुखी कार्य गर्दै आएको र आफ्नो आग्रह लाई स्विकार्दै लक्ष्मी फाउन्डेसनले सहयोग गरेको बताउनु भयो ।

बिद्यालयका प्रधानाध्यापक सुमिता श्रेष्ठले लक्ष्मी फाउन्डेसन द्वारा प्राप्त भएको न्यानो कपडा र स्टेसनरी सामाग्रीले बालबालिका लाई बिद्यालय आउन सहज हुने बिश्वास व्यक्त गर्नुभयो

Shivapuri rural municipality awareness message jalapanews

लक्ष्मी सपोर्ट फाउन्डेसनले बिगत देखि बालबालिकाको क्षेत्रका साथै स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्