श्री गोर्स्याङ महिला साना किसान कृषि सहकारी संस्थाको छैठौं साधारण सभा सम्पन्न
तारकेश्वर गाउँपालिका उपाध्यक्ष हरि प्रसाद रिमालले सहकारी संस्थाहरु सेयर सदस्य हरु प्रती जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भएको छ । श्री गोर्स्याङ महिला साना किसान कृषि सहकारी संस्थाको छैठौं साधारण सभालाइ संबोधन गर्दै उपाध्यक्ष रिमालले उक्त कुरा बताउनु भएको हो । कृषि सहकारीले कृषक केन्द्रीत कार्यक्रम बनाउनु पर्नेमा जोड दिनुहुँदै त्यसका लागि आफू र तारकेश्वर गाउँपालिका सहजीकरण गर्न लागिपर्ने बताउनु भयो ।
संस्थाको साधारणसभा लाई तारकेश्वर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चक्र बहादुर तामाङ, वडा नम्बर ५ का सदस्य रबिन्द्र घिमिरे, साना किसान लघु बित्त बित्तीय संस्था गजुरिका म्यानेजर दिपक राज पाण्डे, दुई पिपल महिला साना किसान कृषि सहकारी अध्यक्ष पवित्रा घिमिरे, बागेश्वरी महिला साना किसान कृषि सहकारी अध्यक्ष सन्तोषी मिश्र अधिकारी, उपाध्यक्ष सारदा अधिकारी लगायतले सहकारीले सेयर सदस्य हरुका लागि गर्नुपर्ने कामका बिषयमा धारणा राख्नु भएको थियो ।
त्यसैगरी आर्थिक बर्ष २०८०/०८१ मा गोर्स्याङ साना किसान कृषि सहकारीले १० लाख ७० हजार नाफा गरेको जनाएको छ ।
संस्थाको शनिबार सम्पन्न साधारण सभाको क्रममा व्यवस्थापक तारा थापा राना द्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
तारकेश्वर गाउँपालिका वडा नम्बर १,५ र ६ नम्बर वडालाइ कार्यक्षेत्र बनाएर संचालनमा रहेको गोर्स्याङ साना किसान महिला कृषि सहकारिमा ५ सय ३७ सना सेयर सदस्य कृयासिल रहेको बताइएको छ ।
संस्थाले आफ्ना सेयर सदस्य लाई आर्थिक उपार्जनका लागि सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरेको जनाइएको छ, हाल २८५ जना सदस्य हरुलाइ ॠण प्रवाह गरेको छ । जसमा सहुलियत पुर्ण कर्जा अन्तर्गत ३प्रतिशत, ग्रामीण उद्दम कर्जामा ९ प्रतिशत, पशुपालन कर्जामा ९ प्रतिशत र आन्तरिक श्रोत कर्जामा १५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरेर संथाका सदस्य हरुलाइ आर्थिक उपार्जनमा सहजीकरण गरिएको संथाका अध्यक्ष देबकी खनालले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्