शंखादेबी माध्यमिक बिद्यालयमा दुईजना प्रधानाध्यापकको हानथाप सुरु
नुवाकोट- शंखादेबी माध्यमिक बिद्यालयमा दुईजना प्रधानाध्यापक रहेका छन् भने दुबै जनाले आफ्ना आफ्नै शैलीमा कार्य सम्पादन सुरु गरेका छन् । नियमित रुपमा प्रधानाध्यापकको रुपमा काम गर्दै आएका दामोदर कुइँकेल र स्वघोषणा गरेर प्रधानाध्यापक भएका गाउँपालिका अध्यक्ष शिव अधिकारीका निकट पात्र राजाराम अधिकारीले एउटै कार्यक्रमको लागी छुट्टाछुट्टै पत्र मार्फत निमन्त्रणा गरे संगै यो बिषयले चर्चा पाएको छ ।
श्रावण ३१ गते बिद्यालयको कार्यक्रमको लागी दुबैजनाको छुट्टाछुट्टै निम्तो कार्ड छापिएर सार्वजनिक भए पछि दुइ प्रधानाध्यापकको हानथाप सुरु भएको स्पष्ट देखिन्छ ।
सरकारी रकम फजुल खर्च गरेर भोज भतेर र नाचगान लगाएतका बिभिन्न बाहानामा रमाउने स्थानिय सरकार प्रमुख र उनका निकटतम पात्रहरुले राज्य कोषको दुरुपयोग गर्दै बिहिबार मध्यान्नमा अध्यक्षसंग बाआमा कार्यक्रम गर्न लागेको हो ।
बिगतका बर्षहरुमा अध्यक्षसंग बाआमा कार्यक्रममा राज्यद्धरा तलब भत्ता लिएका स्वास्थ्यकर्मी परिचालन गरि सरकारले निशुल्क बितरण गरेको औसधी हस्तान्तरण गरि बिनियोजित बजेट स्वाहा पार्ने खेल अध्यक्ष अधिकारीले खेल्दै आएका हुन । यस पटक भने अध्यक्ष अधिकारीको यो अनियमित कृयाकलापका साछी बस्न नेपाली कांग्रेसका जिल्ला सभापति तथा बागमती प्रदेश सांसद रमेश कुमार महत समेत सहभागी हुने भएका छन् ।
पालिका अध्यक्षको अस्तित्व जोगाउन अफ्ट्यारो पर्दै गएपछि कांग्रेस जिल्ला सभापति रमेश कुमार महतको उपस्थितिमा शक्ति प्रदर्सन गर्न बिद्यालय रोजेका पालिका अध्यक्षले सो कार्यक्रमका लागी १० लाख खर्च गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्