१२ श्रावण २०८१, शनिबार
Logo

कोल्पुटार पात्ले सडक – सत्यतथ्य र भ्रम

नारायण नेपाल-

कोल्पुटार पात्ले सडक – सत्यतथ्य र भ्रम
१. पञ्चायतदेखि बहुदलीयकालमा हाम्रोतिर नेताहरु दिने विकासको सपनाहरू थियो दुईवटा;
१.१ कोल्पुटार कुमरी पात्ले सडक
१.२ पञ्चासे सिचाइ योजना
(यो उधारो सपना थियो कि परिवर्तनको आधार ? बाकी बहस पछि गरौंला ….)

२. कोल्पुटार– पात्ले– कुमरी सिमलीको भाटा तासेर रातो इनामेलले नम्बर लेख्दै सर्भे गरेको त हाम्रो पुस्ताले देखेको नै थियो ।

३. २०५४ मा एमालेबाट इन्द्र लामा गाविस अध्यक्ष निर्वाचित भएपछि अनेक बाधा अड्चन झेल्दै कोल्पुटारबाट खन्न थाले । त्यसको शिलान्यास तात्कालीन जिविस सभापति सहिद भरत ढुङ्गानाले गरेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

४. त्यसपछि हरेक वर्ष त्यो सडक खन्ने क्रम जारी रह्यो ।
त्यो सडक र ईन्द्र लामा दाईको डोजर र जीवनको कथा व्यापक छ। उनै लामा दाई २०७९ सालमा बेलकोटगढी नगरपालिका –६ को वडा अध्यक्षमा पराजित भए । गाउँलेको थाप्लोमा नाम्लो मुक्त पार्ने अभियानमा डोब हान्ने साहस उनैले गरेको हुन् ।

५. अहिलेसम्म त्यो बेलाको खर्च र डोजरको बिल बाँकी नै छ भन्दै लामा झस्काउने धेरै छन् तर जेहोस् गाउँमा बाटो पुग्यो ।अहिले मैले गरेको भन्नेको होडबाजी ताजुब लाग्दो छ ।

६. ०५४ – ०८० सम्म गाविस, जिविसको पैसा, उपभोक्ता समिति र सडक बोर्ड नेपालको पैसा कति के भयो ? को को थिए ? बाटो के बन्यो ? समितिहरु के के बने ? त्यो कथा त्यतै बिलायो चाहिनेहरुले खोजे हुन्छ । फेसबुकको उफ्रिनु भन्दा तथ्य खोजौ साथीहरू ।

७. जिविसमा सर्वदलीय संयन्त्रमा प्रतिनिधित्व हुने अवसर हुँदा (२०६८–२०७०)मा मैले बुझेको नुवाकोटको सडक सुधार गर्ने योजना क्रममा ४ नम्बरमा थियो हाम्रो हाम्रो सडक RAIDP को रिपोर्ट हेर्नुहोला । तीन वटै सडक कालोपत्र निक्कै बर्ष अघि भयो तर यहाँ अहिलेसम्म किन पछि पारियो ?

८. बिडम्बना त्यो प्रोजेक्टले २ वटा सडक बनाए पछि SNRTP परियोजना जिल्ला प्राविधिक कार्यालयले अघि बढायो तर चौथो नम्बरको हाम्रो सडकको पालो नआउँदै त्यो पनि जिल्ला छोडेर हिँड्यो ।

९. अर्जुननरसिङ केसीले २०७० को निर्वाचनमा आफूले जिते सडक पिच हुने भाषण लगाएका थिए सडक उस्तै रह्यो तर उनले फेरी त्यही क्षेत्रबाट २०७९ मा निर्वाचन जिते । आफ्नै दलका दुबै अर्थ मन्त्रीले बजेट उपेक्षा गरेको उहाँको सार्वजनिक मन्तब्य सुन्ने तपाईं हामी साक्षी नै छौ ।

१०. पछिल्लो पटक जिल्ला विकासदेखि प्रदेश सरकारसम्म यो सडकको धेरै खण्डमा टुक्राटुक्रा बनाउने काम भयो । तर स्तर सुधार भएन । काम जारी भयो कतै समिति, कतै ठेक्का तर सडक उस्तै ।

११. तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार बाबुराम दाहाललाई त्यो सडकको डिपिआर बुझाएर योजना ल्याउन राम दाहाल डडुवा र राममणि दाहाल दाहालथोके नेताहरु कुदिरहेका थिए । के के भयो के भएन उहाँले नै भन्नुहोला ।

१२. स्थानीय, संघ र प्रदेश निर्वाचन २०७९ पछि त्यो सडकको डिपिआर खोज्ने र योजना व्यवस्थित रुपमा अघि बढाउने अभियानमा हामी लागेका हौँ । डिपिआर किन बनाइन्छ र कहाँ बुझाइन्छ ? हामीले अनुभूति ग¥यौँ । समय आएपछि प्रमाणसहित पेस गरौँला । (एउटा डिपिआर काण्ड काङ्ग्रेस युवा नेता दिपक लामाले सार्वजनिक गर्नु भएको छ ) त्यो नजिर मात्रै हो ।

१३. हामीले बेनपा–५ पूर्व वडाअध्यक्ष अनन्त नेपालको घरबाट मिति २०७९ साउन २० गते सडक म्एच् लिएर विभिन्न मन्त्रालय र विभागमा पुग्ने अभियान थालनी गरेका थियौँ । जसअनुरुपको ३३ किलोमिटर सडकको १ अर्ब ७७ करोड लागत (५ करोड हल्ला गरेर ३ करोड हाल्नेको नियत बुझ्नु है त । ३० करोड घटी बहुवर्षीय ठेक्कासमेत लगाउन मिल्दैन ।)
१३.१ म बेनपा मेयर जगत लामा,र अनमेश श्रेष्ठले सहरी विकास मन्त्री मेटमणी चौधरीलाई निवेदन सिफारिस र डिपिआर प्रतिलिपी बुझायौँ।


१३.२ मेयर लामाले सहरी विकास मन्त्री विक्रम पाण्डेलाई भेटेर यो योजना पुनः स्मरण गराए ।

१३.३ माननीय बिमला सुवेदी र मेयर लामाले पुन सहरी विकास मन्त्री सिता गुरुङलाई भेटेर योजनाको लागि स्मरण गराए ।


१३.४, मिति २०८० वैशाख ३ गते विमला सुवेदीले एमसिसिको प्रभावित क्षेत्रमा –कोल्पुटार–पात्ले–कुमरी सडक निर्माणको माग गर्दै सदनमा आवाज उठाउनुभयो ।
१३.५ स्थानीय पालिकाको अवरोध र माननीयको सदनमा विरोधपछि एमसिसि प्रमुख खड्ग बिष्ट प्रधानमन्त्री प्रचण्डदेखि मुख्यमन्त्री सालिकराम सम्म धाउन थाले र सडकको लागि स्रोत सुनिश्चितता हुने स्थिति निर्माण भयो ।


१३.६ मुख्यमन्त्रीको आग्रहमा मेयर गुरुङले भेटघाटसहित पत्र बजेट घोषणा केही दिन अघि बुझाएर फर्किएका थिए ।

१४. बाग्मती प्रदेश सरकारको बजेटमा २०८० असार १ गते घोषणा ग¥यो तर अपेक्षा अनुसारको रकम विनियोजन भएन । कस्ले कसरी खेल्यो खेल ? हामीले बुझेका छौँ तर अभियान जारी छ ।

१५ .संघको रकमले हुने कालोपत्र बाहेकको क्षेत्रमा प्रदेशको पुर्बाधार मार्फत बहुबर्से ठेक्का प्रक्रिया सुरु भएको छ, त्यो कालोपत्रे नगरपालिका केन्द्र जोडने लक्ष्य हो ।

अब यो सडकमा बहुराष्ट्रिय कम्पनीको सामान बोकेर ट्रक गाउँ जान्छ कि गाउँको उत्पादन बोकेर सहर ? युवाहरुले ध्यान दिउँ ।

प्रतिक्रिया दिनुहोस्