१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा संस्थागत स्वमुल्यांकनमा माओवादी केन्द्रले नेतृत्व गरेका पालिकाहरु अग्र स्थानमा

नुवाकोटमा आर्थिक बर्ष २०७९/८० को स्थानीय तह संस्थागत स्वमुल्यांकनमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका स्थानीय तह हरु क्रमशः पहिलो, दोश्रो, तेश्रो र चौंथो भएका छन ।

नुवाकोटको १२ वटा स्थानीय तह मध्य ८२.७५ अंक सहित ककनी पहिलो भएको हो ।

त्यसैगरी दुप्चेश्वर गाउपालिका ८० अंक सहित दोश्रो, किस्पाङ गाउपालिका ७७ अंक सहित तेश्रो, पञ्चकन्या गाउपालिका ७६.५ अंक सहित चौंथो, तादी गाउपालिका ७१.५ सहित पाँचौं, बेलकोटगढी नगरपालिका ७०.७५ सहित छैटौं , सुर्यगढी गाउपालिका ७० अंक सहित सातौं, शिवपुरी गाउँपालिका ६५.२५ सहित आठौं, लिखु गाउपालिका ६२.२५ अंक सहित नवौं, बिदुर नगरपालिका ६१.२५ अंक सहित दशौं, म्यागङ गाउँपालिका ५५.२५ अंक सहित एघारौं र ५४.२५ अंक प्राप्त गरेर तारकेश्वर अन्तिममा परेको छ ।

गत स्थानीय तह निर्वाचनमा ककनी, दुप्चेश्वर, पञ्चकन्या, बेलकोटगढीमा नेकपा माओवादी केन्द्रको नेतृत्व निर्वाचित भएका थिए । त्यसैगरी शिवपुरी, तादी, लिखु, म्यागङ, सुर्यगढी, बिदुर र तारकेश्वरमा नेपाली कांग्रेसको नेतृत्वमा र किस्पाङ गाउँपालिकामा नेकपा एमालेले नेतृत्व गरेकोमा हाल माओवादी केन्द्रकै नेतृत्वमा गाउँपालिका सञ्चालनमा रहेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्