१२ श्रावण २०८१, शनिबार
Logo

स्वमुल्याङ्कनमा दुप्चेश्वर लाई ८० अङ्क

संस्थागत स्वमूल्यांंङनमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले ८० अङ्क प्राप्त गरेको छ । ‘संस्थागत स्वमूल्यांकन’ मा दुप्चेश्वरले १०० अङ्कमा ८० अङ्क दिएको छ । आर्थिक वर्ष २०७९–८० को संस्थागत स्वमूल्यांकनमा दुप्चेश्वरले सो अङ्क दिएको हो ।

स्वमूल्यांकन सूचक, सूचकहरूको पूर्णाङ्क र प्राप्त अङ्क सम्बन्धी पेश गरेको विवरण अनुसार पालिकाले ८० अङ्क प्राप्त गरेको हो । माघ ४ गते बसेको कार्यपालिका बैठकले अनुमोदन गरेको पालिकाले जनाएको छ ।

आर्थिक वर्ष ०७८–७९ मा पालिकाले ५१ अङ्क प्राप्त गरेको थियो भने हाल कार्यक्षमतामा सुधार भएको उल्लेख छ ।

सार्वजनिक भए अनुसार हाल सम्म दुप्चेश्वर पहिलो स्थानमा रहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्