३२ असार २०८१, सोमबार
Logo

घाइते डम्बरबहादुर तामाङलाई तारकेश्वर दाङसिङ युवा सेवा समाज दोहा कतारको आर्थिक सहयोग

नुवाकोटको तारकेश्वर १ दाङसिङबाट कतारमा रोजगारीमा गएकाहरुको संस्था तारकेश्वर दाङसिङ युवा सेवा समाज दोहा कतारको तर्फबाट मलेसियामा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका डम्बरबहादुर तामाङको उपचारका लागि सहयोग गरेको छ ।

मलेसियाको सडक दुर्घटनामा परी गम्भीर घाइते भएका नुवाकोट तारकेश्वर गाउँ पालिका-१ दाङसिङ खहरेका सेते तामाङको छोरा डम्बर तामाङको उपचारार्थ तारकेश्वर दाङसिङ युवा सेवा समाज दोहा कतार बाट कतारी रियाल एक हजार एक सय पैतालिस अर्थात नेपाली रुपैयाँ चालिस हजार नौ सय हत्तर रुपैया खातामा पठाइएको छ ।

आर्थिक अभावमा गम्भीर प्रकारका बिरामीको उपचारमा समस्यामा परेका ब्यक्तिहरुका लागि निरन्तर सहयोग गर्दै आउनुभएको युवा फुल बहादुर मम्बाको सक्रियतामा उक्त रकम संकलन गरि बिरामीको श्रीमतिको नाममा जम्मा गरिएको बताइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्