१२ श्रावण २०८१, शनिबार
Logo

शिवपुरीमा माओवादी विशेष रुपान्तरण अभियानःवडा सम्मेलन,जनवर्गीय संगठन सम्पन्न


नेकपा (माओवादी केन्द्र) शिवपुरीको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान वडा सम्मेलन सम्पन्न गरे संगै अन्तिम चरणमा पुगेको छ ।

अभियानको क्रममा अहिले सम्म ३५ वटा टोल कमिटी गठन भएको छ अब भने ३ वटा मात्रै टोल कमिटी गठन गर्न बाँकी रहेको बताइएको छ ।
५५० जनाको पार्टी सदस्यता नविकरण भएको र नविकरण बाँकीको केही समय भित्रमा सकिने बताइएको छ ।


जनवर्गीय संगठन तथा मोर्चाको भेला मार्फत नयाँ नेतृत्व चयन भएका छन् जस अनुसार तामाङ राष्टिय मुक्तीमोर्चा, वाइसीएल, अखिल नेपाल महीला संघ (क्रान्तीकारी),दलित राष्टिय मुक्तीमोर्चा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेवा राष्ट्रिय मुक्तिमोर्चा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी (क्रान्तिकारी) अखिल नेपाल शिक्षक संगठनको पालीका स्तरीय भेला सम्पन्न भएको बताइएको छ ।


त्यसैगरी वडा सम्मेलन मार्फत वडा कमिटीहरु गठन भएका छन् जसमा वडा नम्बर १ मा गोपाल तामाङको अध्यक्षतामा वडा कमिटी पुनर्गठन गरिएको छ । वडा नम्बर २ मा रमेश तामाङ, वडा नम्बर ३ मा रामकृष्ण तामाङ, वडा नम्बर ४ मा आइतराम तामाङ, वडा नम्बर ५ मा बिनोद तामाङ, वडा नम्बर ६ मा इन्द्र बहादुर तामाङ (बाबुराम) वडा नम्बर ७ मा श्याम प्रसाद पाण्डे र वडा नम्बर ८ मा शुभास राज पाण्डेको नेतृत्वमा वडा कमिटी पुनर्गठन गरिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

अभियानको पहिलो चरणको समाप्ती संगै अर्को चरणको कार्यक्रम तय गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्