माओवादी बिशेष रुपान्तरण अभियान; शिवपुरीमा जनबर्गीय संगठन निर्माणमा तिब्रता

नेपाल दलित मुक्तिमोर्चा शिवपुरीको अध्यक्षमा युवा व्यवसायी सुग्रीम मिजार चयन भएका छन् ।
बिहीवार सम्पन्न भएको भेलाको उपाध्यक्षमा भिम बहादुर बिश्वोकर्मा, सचिब साजन बिश्वकर्मा, सहसचिब धन बहादुर सुनार, कोषाध्यक्ष पार्वती बिक रहेका छन् ।
त्यस्तै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रको शिवपुरीको अध्यक्ष सुबास उप्रेती चयन भएका छन् । संगठनको उपाध्यक्षमा नारायण प्रसाद खतिवडा, सचिब राजकुमार थापा, कोषाध्यक्षमा डल्लिमाया तामाङ रहेका छन् ।
माओवादी केन्द्रका नेता एवम् जनता संग माओवादी विशेष रुपान्तरण अभियान शिवपुरीका कमान्डर तेज बहादुर मिजारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेताहरु शिव खाती, राजन गौतम, भिम बहादुर तामाङ, वडा अध्यक्षहरु सुकुराम तामाङ, कुमार तामाङ, नाति तामाङ, वाइसीएल शिवपुरी अध्यक्ष अर्जुन तामाङको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्