१२ श्रावण २०८१, शनिबार
Logo

“प्रतिगामी शक्तीले टाउको उठाउन खोजे त्यसलाई परास्त गर्ने तागत छ” : राजन गौतम (नकुल)

नेकपा (माओवादी केन्द्र) का युवा नेता राजन गौतमले प्रतिगामी शक्तिहरु सामन्ती राजतन्त्र फर्काउने योजनामा लागेको भन्दै त्यसलाइ विफल पार्न आफुहरु सक्षम रहेको बताउनु भएको छ ।

माओवादी जनयुद्धले ध्वस्त पारेको राजतन्त्र अब कुनैपनी हालतमा फर्किन नसक्ने बताउनु भयो । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत शिवपुरी गाउँ पालिकामा जनता संग माओवादी विषेश रूपान्तर अभियानको क्रममा शिवपुरी गाउँपालिकाको माहाकालिमा आयोजित जनबर्गिय संगठनको भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा मुलुकले विकासले फड्को मार्ने दाबी गर्नुहुँदै कोहिपनी निरासा हुनु नपर्ने बताउनु भयो । नेकपा माओवादी शिवपुरी अध्यक्ष मीन बहादुर तामाङले भन्नू भयो “माओवादी नेतृत्वमा शिवपुरीको बिकास भएको र निरन्तर जनताको सेवामा लाग्ने बताउनु भयो । नेकपा (माओवादी केन्द्र) शिवपुरी सचिब एवम् गाउँपालिका उपाध्यक्ष वीर बहादुर तामाङले शिवपुरी गाउँपालिकाको बिकासमा माओवादी केन्द्रको नेतृत्वदायी भुमिका रहेको बताउनु भयो ।

शिवपुरी गाउँपालिका वडा नम्बर ५ महाकालीमा विभिन्न जनवर्गीय संगठन हरुको नेतृत्व चयन भएको छ । कमल तामाङको अध्यक्षतामा तामाङ मुक्तिमोर्चा, राम घटानिको अध्यक्षतामा दलित मुक्तिमोर्चा, मायाँ तामाङको अध्यक्षतामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी), जित बहादुर तामाङको अध्यक्षतामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) वडा कमिटी गठन भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

त्यसैगरी वडा नम्बर ७ मा तामाङ मुक्तिमोर्चाको वडा कमिटी बिस्तार गरिएको छ । फुलमान तामाङको अध्यक्षतामा गठन भएको कमिटिमा उपाध्यक्ष बद्री स्याङतान, सचिब रेशम बहादुर तामाङ र कोषाध्यक्ष दिपक कुमार तामाङ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्