जनतासंग माओवादी विशेष रुपान्तरण अभियान: जनबर्गिय संगठन निर्माणमा तिब्रता

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान शिवपुरीले संगठन निर्माणमा तिब्रता दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शिवपुरीको आयोजनामा वडा नम्बर ८ थानापतिको खरी भञ्ज्याङमा टोल कमिटी गठन गरिएको छ । अष्टमान तामाङको नेतृत्वमा गठन भएको ११ सदस्यीय समितिको उपाध्यक्षमा रत्न तामाङ, सचिव श्याम लामा र सहसचिव रमेश लामा लगाएतका रहेका छन् ।

भेलामा पार्टी केन्द्रिय सदस्य तथा बागमती प्रदेस सभा सदस्य राधिका तामाङ, प्रदेश कमिटी सदस्य राजन गौतम, शिवपुरी पार्टी अध्यक्ष मीन बहादुर तामाङ लगायत नेताहरुले प्रशिक्षण दिएका थिए ।
त्यसैगरी नेवा मुक्तिमोर्चाको वडा कमिटी गठन गरिएको छ । मनोज डंगोलको अध्यक्षतामा गठन गरिएको कमिटिको उपाध्यक्षमा सुमन डंगोल, बासु डंगोल, सचिब मनिका कायस्थ डंगोल, सदस्यहरू सुजन डंगोल,निशा श्रेष्ठ, राजन डंगोल, शिला डंगोल, गोबिन्द डंगोल, कमला डंगोल, सृजना डंगोल, अमृत डंगोल, सुजन डंगोल र सुदिप श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्