१२ श्रावण २०८१, शनिबार
Logo

हचुवाका भरमा कर्मचारी हेरफेर गर्दा दैनिक कार्य सञ्चालनमा अवरोध,पञ्जिकरण समेत हुदैन वडामा

तारकेश्वर गाउँपालिकाले हचुवाका भरमा कर्मचारी हेरफेर गर्दा दैनिक कार्य सञ्चालनमा अवरोध भएको वडा नम्बर ३ का अध्यक्ष सुर्यमान श्रेष्ठले बताउनु भएको छ ।


वडामा हाल वडा सचिब र प्राबिधिक दुबैको अभाब हुदाँ वडाको कार्य सम्पादनमा निकै समस्या भएको अध्यक्षले बताउनु भयो ।
वडाद्धारा प्रबाह हुने सबै खाले सेवाहरु हाल थप्प छन् । वडा नम्बर ३ का नागरिकहरुले पंजिकरण सेवा समेत लिन पाएका छैनन् ।
वडा सचिव र प्राबिधीक दुबैको जिम्मेवारी पुरा गरिरहेका कर्मचारीे सरुवा भए संगैँ वडा प्रशासन र प्राबिधिक फाँटका सबै काम अबरुद्ध भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।


बजेट कार्यन्वयनको समयमा भएको कर्मचारी सरुवा र समयमा कर्मचारी वडामा नपठाउदा वडाको बिकास निर्माणमा समेत समस्या देखिन थालेको अध्यक्षको भनाई छ ।
गाउँपालिकामा भएभरका कर्मचारी थुपारेर वडा कार्यलयमा कर्मचारी नपठाएका कारण पञ्जिकरण तथा सिफारिसका काम समेत प्रभावित हुने गरेको उहाँले बताउनु भयो ।


वडा अध्यक्षका अनुसार गाउँपालिका अध्यक्ष शिव अधिकारीको गैरजिम्मेवारीपन र मनोपोली ढंगको कार्यशैलीले गर्दा भदौ देखि वडामा कार्यरत कम्प्युटर अपरेटको तलब रोकिए छ । वडा अध्यक्षका अनुसार पालिका अध्यक्ष अधिकारीको एकात्मक निर्णय शैलिका कारण शिक्षा, स्वास्थ्य र बिकाश निर्माण लगाएतका धेरै क्षेत्रहरु पछाडी परेको छ ।

Shivapuri rural municipality awareness message jalapanews


गत साउन महिना देखी शिक्षक सरुवाको अपारदर्शी निर्णयको कारण बिद्यालयहरुमा पठनपाठन निकै प्रभाबित रहेको बताउदै अध्यक्ष श्रेष्ठले बिद्यालय, शिक्षक र बिद्यार्थीको पक्षमा ५ वटै वडा अध्यक्षहरु रहेको बताउदै हतोत्साहित नभई पठनपाठनमा ध्यान दिन समेत शिक्षकहरुलाई आग्रह गर्नु भयो ।
शैक्षिक सत्रको बिचमा शिक्षा नियमावली विपरीत गाउँपालिकाले शिक्षक सरुवा गरेकोमा त्यसलाई कार्यान्वयन गर्न नसकिने वडा अध्यक्षहरुले बताउदै आएका छन् ।


वडा कार्यालय, बिद्यालय ब्यबस्थापन समिति र बिद्यालय प्रशासनका बिचमा छलफल गरी निर्णय गरिएको बिषय शिक्षा शाखालाई अवगत गराइ सकिएको जानकारी दिदैँ अध्यक्ष श्रेष्ठले पटकपटक शिक्षकहरुलाई गिजोल्ने गतिबिधी रोक्न पालिकालाई आग्रह गर्नु भएको छ ।
उहाँले सबै शिक्षकहरुलाई निर्धक्क भएर आफ्नो दैनिक कार्य संचालन गर्न आग्रह गर्दै रमाना नदिन र हाजिरी समेत नगराउन बिद्यालय प्रशासनलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्