१२ श्रावण २०८१, शनिबार
Logo

अखिल (क्रान्तिकारी) नुवाकोट संगठन निर्माणमा केन्द्रीत, बागेश्वरी माध्यमिक बिद्यालयको अध्यक्षमा तामाङ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी) बागेश्वरी माध्यमिक बिद्यालयको अध्यक्षमा सन्जु तामाङ चयन भएका छन् ।
संगठनको इकाइ उपाध्यक्षहरु हविल तामाङ, सारदा बस्नेत र सर्सिङ तामाङ, रहेका छन् ।


सचिव सरोज तामाङ, सह सचिव प्रकृति गिरि कोषाध्यक्ष रेजिना परियार चयन भएका छन् ।
“जनताका छोराछोरी सबै अखिल क्रान्तिकारी“ भन्ने नाराका साथ सुरु भएको भेलामा सुर्यगढी क्याम्पसका स्वबियु सभापति जीवन तामाङ, जिल्ला सचिवालय सदस्य पवन रिमाल लगायतका बिद्यार्थी नेताहरुले प्रशिक्षण दिएका थिए ।


त्यसैगरी निश्चल नेपालीको अध्यक्षतामा बिनायक माध्यमिक बिद्यालयमा संगठन बिस्तार गरिएको जिल्ला सचिवालय सदस्य पवन रिमालले बताए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्