१४ मंसिर २०८०, बिहीबार
Logo
final gp koirala advert

जनज्ञान माध्यमिक बिद्यालयमा अखिल (क्रान्तिकारी) ,अनिस थापाको नेत्रृत्वमा कमिटी गठन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोटले संगठन निर्माणमा तिब्रता दिएको छ ।


अखिल (क्रान्तिकारी) ले शिवपुरी गाउँपालिका वडा नम्बर ८ थापा गाउँ स्थित जनज्ञान माध्यमिक बिद्यालयमा इकाई कमिटी गठन गरेको छ ।
अनिस थापाको अध्यक्षतामा ५१ सदस्यीय इकाई कमिटी गठन गरिएको जिल्ला अध्यक्ष निराजन बोगटिले बताए ।


इकाई उपाध्यक्ष सचिन श्रेष्ठ, सुस्मा मिजार र आशिका उप्रेती, सचिव सुजना श्रेष्ठ, सह सचिव प्रतीज्ञा पौडेल, र कोषाध्यक्ष रिदेश बस्नेत रहेका छन् ।


संगठनको इकाई कमिटी गठन कार्यक्रममा माओवादी केन्द्रका नेताहरु राजन गौतम, मीन बहादुर तामाङ, फुलमान तामाङ, सुजन डंगोल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष निराजन बोगटी, कोषाध्यक्ष अस्मिता ठकुरी, जिल्ला सदस्य देवासिस ढकाल लगायतले प्रशिक्षण दिएका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्