२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

पञ्चकन्यामा माओवादीको रुपान्तरण अभियानः जनबर्गिय संगठन निर्माणमा केन्द्रित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पञ्चकन्याले जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको दोश्रो चरण सुरु गरेको जनाएको छ ।


गएको भदौ १६ देखि सम्पुर्ण वडाबाट एकैसाथ सुरु गरिएको अभियानको क्रममा हाल वडा स्तरीय जनबर्गिय संगठन र मोर्चा गठनमा लागेको गाउँकमिटी अध्यक्ष मणिनाथ लामिछानेले बताउनुभयो ।


अध्यक्ष लामिछानेले १ नम्बर वडा जनबर्गिय संगठन निर्माणमा केन्द्रित भएको बताउनु भयो ।
पंचकन्या १ को योङ कम्युनिस्ट लिग (वाइसीएल)को अध्यक्षमा भुवन ढकाल, उपाध्यक्ष नवराज राई, सचिव मनिष आचार्य, सहसचिव रामकुमार मिजार र कोषाध्यक्षमा रामभक्त तामाङ चयन हुनुभएको छ ।


त्यसैगरी पंचकन्या १ को अखिल नेपाल किसान संघ क्रान्तिकारीको अध्यक्ष तप बहादुर नेगि, उपाध्यक्ष केशव राई, सचीव रामप्रसाद लामिछाने र कोषाध्यक्षमा तुलसी लामिछान चयन हुनुभएको छ ।

Shivapuri rural municipality awareness message jalapanews


पंचकन्या १ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्षमा शान्ता उप्रेती, उपाध्यक्ष सरस्वती श्रेष्ठ तामाङ, सचीव अन्जना अधिकारी र कोषाध्यक्षमा विपना श्रेष्ठ चयन हुनुभएको छ ।


ज्येष्ठ कम्युनिस्ट मंचको अध्यक्षमा कुमार तामाङ, सचीव रामप्रसाद लामिछाने, कोषाध्यक्ष अनिता ढकाल चयन हुनुभएको छ ।


राई मुक्तिमोर्चाको अध्यक्षमा श्याम बहादुर राई, उपाध्यक्ष नारायण राई, सचीव राजन राई, कोषाध्यक्ष चमेली राई, सदस्यहरू गोपाल राई, गोकर्ण राई लगायतले जिम्मेवारी पाउनु भएको छ ।

नेवा मुक्ति मोर्चाको अध्यक्षमा मोहन लाल श्रेष्ठ, उपाध्यक्षमा महेशलाल श्रेष्ठ, सचीव तिर्थलाल श्रेष्ठ, कोषाध्यक्ष टेकलाल श्रेष्ठ, सदस्यहरु धनकुमारी मानन्धर, श्रेया मानन्धर, बबिता मानन्धर लगाएत चयन हुनुभएको छ ।


तामाङ मुक्तिमोर्चामा अध्यक्ष वीर बहादुर तामाङ, उपाध्यक्ष बुद्धि बहादुर तामाङ,सचिव शान्ती तामाङ, कोषाध्यक्ष मिरा तामाङ लगाएतले जिम्मेवारी पाउनु भएको छ ।


दलित मुक्तिमोर्चामा अध्यक्ष बिमला भुसाल, उपाध्यक्ष शान्ता बिक, सचीव बिष्णुमाया मिजार, र कोषाध्यक्ष मिठु मिजार लगाएतले जिम्मेवारी पाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्