१२ श्रावण २०८१, शनिबार
Logo

नवौँ पोष्ट बहादुर स्मृती दिवशमा नुवाकोटमा बिभिन्न कार्यक्रम सम्पन्न

तत्कालिन नेकपा मशाल (२०३८ ) नुवाकोट जिल्ला सस्थापक सचीव एवं नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रिय उपाध्यक्ष पोस्ट बहादुर बोगटीको नवौ स्मृति दिवस नुवाकोटमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।


नेकपा (माओवादी केन्द्र) बिदुर नगरपालिका ५ नम्बर वडा कमिटीको आयोजनामा पोस्टबहादुर स्मृति पार्कमा फूलमाला अर्पण गरि मनाइएको छ । श्रद्धाञ्जली कार्यक्रममा नुवाकोट जिल्ला संयोजक पुष्प लामिछाने, वडा नम्बर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, माओबादी केन्द्रका नेता भोजराज पनेरु, नेकपा माओवादी केन्द्र बिदुर ५ वडा कमिटी अध्यक्ष रामहरी घिमिरे, अखिल क्रान्तिकरी केन्द्रिय सदस्य बिनोद कोइराला, अखिल क्रान्तीकारी नेता राजेन्द्र पनेरु लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


त्यसैगरी नेकपा (माओवादी केन्द्र) बिदुर ७ को आयोजनामा अक्करेमा रहेको स्वर्गिय नेता बोगटीको सालिकमा फूलमाला अर्पण गरि मनाइएको छ ।
नेकपा माओवादी केन्द्र बिनपा ९ को आयोजनामा स्मृति सभा गरिएको छ । त्यस्तै पार्टीको वडा कार्यालय समेत उद्घाटन गरिएको छ ।
त्यसैगरी म्यागङ ३ देउरालीमा जनयुद्धमा नुवाकोटका प्रथम सहिद गजेन्द्र वाईबा प्रबिण लगाएतका सहिदहरुको स्मारक देउराली सहिद पार्क गोगनेमा सरसफाई कार्यक्रम सहित मनाइएको छ भने म्यागङ गाउँपालिका वडा नम्बर ५ को पार्टी कार्यलयमा बोगटीको तस्बिरमा फूलमाला अर्पण सहित श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
त्यस्तै जनजागृत युवा क्लब बिदुर ७ तुप्चेले बोगटीको स्मृतिमा रक्तदान गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्