१२ श्रावण २०८१, शनिबार
Logo

सुर्यगढी गाउँपालिकामा श्रमदानबाट सडक मर्मत

नुवाकोट–चोकदे–लच्याङ– मालाभञ्ज्याङ् सडक अविरल बर्षा संगै आएको पहिरोको कारण अवरुद्ध भएपछी बैकल्पिक सडक संचालन ल्याइएको छ ।
सुर्यगढी गाउँपालिका वडा नम्बर दुई स्थित रातोभिर र बोहोरे भञ्ज्याङमा आएको पहिरोका कारण लच्याङ हुँदै उर्लेनी र रसुवा नौकुण्ड गाउँपालिकाको यातायात प्रयोग कर्ता सबैभन्दा बढी समस्यामा परेका थिए ।


सुर्यगढी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष राजकुमार तामाङ रन्जितको नेतृत्वमा बैकल्पिक सडक मर्मत गरेर शुक्रवार देखि यातायात संचालनमा ल्याइएको छ ।


गंगटे–ढिकुरे–फेदिबेसी–नर्जा–छाप हुँदै लच्याङ सम्म बैकल्पिक सडक प्रयोगमा ल्याइएको हो । वडा अध्यक्षको नेतृत्वमा स्थानीय युवाहरुको श्रमदानबाट सडक मर्मत गरिएको सुर्यगढी गाउँपालिका १ नम्बर वडा कार्यालयले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्