भदौ २२ र २३ गते नुवाकोटमा बागमती मिडिया सम्मेलन

बिदुर – नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा आगामी भदौ २२ र २३ गते नुवाकोटमा बागमती मिडिया सम्मेलन आयोजना हुने भएको छ ।
महासंघ प्रदेश समितिको मंगलबार हेटौंडामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । मिडिया सम्मेलनमा प्रदेशभर रहेका स्वरोजगारमूलक संचार माध्यमहरुको समस्या, पत्रकार महिलाहरुका समस्या, संचार क्षेत्रका चुनौतिहरु र समस्या समाधानमा राज्यका निकायहरुको भुमिकाका सन्दर्भमा ब्यापक छलफल गरिने प्रदेश समितिका महासचिव कृष्णसारु मगरले जानकारी दिए ।
महासंघ प्रदेश अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा बसेको बैठकले सदस्यता सुद्धिकरणका सन्दर्भमा स्थानीय स्तरमै पुगि जिल्लाको बस्तुस्थिती बुझ्ने र प्राप्त उजुरी र सिफारिसका बारेमा १५ दिन भित्र प्रतिबेदन पेश गर्न पदाधिकारीहरुको संयोजकत्वमा १० वटा कार्यदल समेत गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्