बिपी स्मृती दिवसमा तारकेश्वरमा बृक्षरोपण

नेपाली कांग्रेस तारकेश्वर गाउँसमितिको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका सस्थापक नेता बिपी कोइरालाको ४१ औं स्मृति दिवसको अबसर पारेर कार्यक्रमको आयोजना गरिएको गाउँसभापती केशवराज अर्यालले बताउनु भयो ।
तारकेश्वर गाउँपालिका वडा नम्बर ३ को धार्मिक एवं साँस्कृतिक स्थलको रुपमा परिचित शिवालय परिसरमा बृक्षारोपण गरिएको हो । नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल शिक्षक संघ, नेपाल महिला संघ, नेपाल ट्रेडयुनियन कांग्रेस लगायतको भ्रातृ एवं शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
चाँप, धुपी, सिसौ, एभोकाडो लगाएतका एक सय बिरुवा रोपिएको तारकेश्वर कांग्रेसले बताएको छ । त्यसैगरी गाउँसभापती अर्यालको समन्वयनद्धारा बिभिन्न सामाजिक संघसंस्थाले उपलब्ध गराएको स्वास्थ सामाग्री तारकेश्वर गाउँपालिकाको वडा नम्बर २, ३, ४ को विभिन्न स्वास्थ संस्थाहरुलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्