जनसाँस्कृतिक महासंघ नुवाकोट समन्वय समितिको अध्यक्षमा छिरिङ तामाङ

जनसाँस्कृतिक महासंघ नेपाल नुवाकोट जिल्ला भेला सम्पन्न भएको छ ।
जनसाँस्कृतिक महासंघ नुवाकोट समन्वय समितिको अध्यक्षमा छिरिङ तामाङ चयन हुनुभएको छ भने उपाध्यक्षमा चेत लामा र सुमित्र श्रेष्ठ, सचिवमा ज्वालामुखी लामिछाने, सहसचिवमा रोजि रुम्बा, कोषाध्यक्षमा राजु रिमाल हुनुहुन्छ । समितिको सदस्यहरु बद्री श्रेष्ठ, महेन्द्रमान तामाङ, गणेशमान गोले तामाङ, सुबास तामाङ, उर्जिमाया तामाङ, कृति तामाङ, दिपा धिताल, दामोदर न्यौपाने, बिकि लो तामाङ, कृष्ण ब्लोन, सन्जु थोकर, एलिना गुरुङ, रामराजा तिमल्सिना र नबिन तामाङ रहनुभएको छ ।
त्यसैगरी भेलाले जनसाँस्कृतिक महासंघ नुवाकोट जिल्ला सम्वनय समितीको सल्लाहकार समिती समेत गठन गरेको छ । मणिनाथ लामिछानेको संयोजकत्वमा गठन भएको समितिमा नवराज ढुंगान (बिज्ञान), दिनेश कुमार तामाङ, दिनेश तामाङसदस्य रहनु भएको छ ।

त्यस्तै भेलाले जनसाँस्कृतिक महासंघ नुवाकोट समन्वय समिती अन्तर्गत आङ्गिक संगठन जनकलाकार संघ गठन गरेको छ। एलिना गुरुङ को अध्यक्षतामा गठन भएको समितिको सदस्यहरुमा बिकि लामा, सुमित्रा पोख्रेल, आरबी लामा वाङदेन, सबिन केसि, सुबास तामाङ, सुक्र लामा गणेश मान गोले, सोम बहादुर तामाङ, दामोदर न्यौपाने, उर्जिमाया तामाङ, जमुना तामाङ, राधिका रिमाल, राज कुमार रिमाल, अमिशा शाही ठकुरी रहनुभएको छ ।
नेकपा माओबादी केन्द्र जिल्ला संयोजक पुष्प लामिछाने अरुणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्