१२ श्रावण २०८१, शनिबार
Logo

आइतबार देखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा

नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । परिषद्ले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको छ ।
परिषद्ले आफूहरुको माग सम्बोधनका लागि दवाव दिने उद्देश्यका साथ बन्द सहितको आन्दोलनको घोषणा गरेको हो । असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न लागिएको छ ।


त्यसैगरी नुवाकोटमा कृयासिल शिक्षक संघ संगठनहरुको बैठकले आइतबार देखिको बन्दलाइ सफल बनाउन ऐक्यबद्धता जनाएको छ ।
शनिबार बसेको बैठकले नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील शिक्षक संगठन र नेपाल बिद्यालय कर्मचारी परिषदले संयुक्त बिज्ञप्ती निकालेर नेपाल बिद्यालय कर्मचारी परिषदको संघर्षका कार्यक्रमलाइ समर्थन गरेको जनाएका हुन ।


परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्