२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

उर्लेनी स्वास्थ चौकी प्रशुती केन्द्रको समुद्घाटन सम्पन्न

तादी गाउँपालिका वडा नम्बर १ उर्लेनिमा निर्माण सम्पन्न भएको उर्लेनी स्वास्थ चौकी प्रशुती केन्द्रको शुक्रबार समुद्घाटन सम्पन्न भएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष सन्तमान तामाङले नागरिकको स्वास्थ समस्यालाई ध्यान दिनु पहिलो प्राथमिकता भएको बताउनुभयो । नागरिकका स्वास्थ समस्या समाधान गर्न दत्तचित्त भएर लाग्न स्वास्थकर्मी हरुलाइ आग्रह गर्नुभयो ।


त्यसैगरी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले बर्थिङ सेन्टरमा स्वास्थ सेवा सुचारु भएसंगै उर्लेनिका महिला दिदी बहिनिहरुको गुणस्तरीय मातृत्व सेवामा पहुँच सुनिश्चित भइ आधारभुत मातृ तथा शिशु स्याहार कार्यमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।


गाउँपालिका अध्यक्ष सन्तमान तामाङको प्रमुख आतिथ्य र उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रशासकीय अधिकृत खेमराज छिनाल, १ नम्बर वडा अध्यक्ष नकुर दोङ, स्वास्थ संयोजक बिनोद खरेल, उर्लेनी स्वास्थ चौकी इन्चार्ज सुदिप थापा, स्वास्थकर्मी एवम् स्थानीय सरोकारवाला हरुको उपस्थित रहेको थियो । आज शनिबार वडा नम्बर २ सतारमा निर्माण सम्पन्न भएको प्रशुती केन्द्रको उद्धघाटन भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्