१२ श्रावण २०८१, शनिबार
Logo

‘देशमा सुशासन कायम गर्न ठूला भ्रष्टाचारहरुको अन्त्य गर्न सरकार लागि राखेको छ,’मन्त्री मोदी

दुप्चेश्वर गाउँपालिकाको १८ कोठे प्रशासकीय भवन शुक्रबार उद्घाटन भएको छ । । २ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण भएको प्रशाासकीय भवनको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले गर्नुभएको हो ।


भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले देशमा सुशासन कायम गर्न ठूला भ्रष्टाचारको अन्त्य गर्न सरकार लागि परेको बताउनु भएको छ । मन्त्री मोदीले सुशासन र भ्रष्टाचार अन्त्यका लागि प्रधानमन्त्रीले गरेका कामलाई साथ दिनुपर्ने बताउनुभयो ।
’यो देशमा सुशासन कायम गर्न ठूला भ्रष्टाचारहरुको अन्त्य गर्न सरकार लागि राखेको छ,’ उहाँले भन्नुभयो,‘सुशासन र भ्रष्टाचार अन्त्यका लागि प्रधानमन्त्रीले गर्नुभएको कामलाई सकारात्मक ढंगले साथ दिनुपर्छ । उहाँले ’संघीयता कार्यान्वयन गर्नुपर्ने भूमिका र प्रशासनिक सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले आफ्नो ठाउँबाट नुवाकोटको विकास निर्माणका लागि भूमिका खेल्ने समेत बताउनु भयो ।
मन्त्री मोदीले जनतालाई सेवा र खुसी दिने कार्यमा लाग्नुपर्ने बताउनु भयो । ‘अहिले वडाध्यक्षदेखि प्रतिनिधिसभा र मन्त्रीसम्ममा जनता असन्तुष्ट छैनन् । सन्तुष्टी दिने सक्ने गरी कार्य गर्नुपर्छ,’ उहाँलेभन्नुभयो , ‘नेपालीहरु अनुशासनको दायरामा छैनौं । देश बनाउने हो भने सरकार, जनता, जनप्रतिनिधि र जनताबीच दोहोरो सम्बन्ध हुनपर्छ ।’ उहाँले मधेश÷तराई, पहाड मिलेर अगाडि बढ्नु पर्ने भन्दै सबैको एकता आवश्यक रहेको बताउनु भयो ।


प्रतिनिधिसभाका सांसद एवं नेकपा माओवादीका केन्द्रीय सदस्य हितबहादुर तामाङले ठूलो संघर्ष, आन्दोलनबाट सिंहदरबारको अधिकारलाई जनताको घरदैलोमा ल्याएको बताउनुभयो । उहाँले समुन्द्रटारदेखि ढिकुरे सडक चौडा गर्ने र समुन्द्रटारदेखि तालुकसेरीसम्म सडक स्तरउन्नती गर्न आफ्नो पहल रहने बताउनुभयो ।
वाग्मती प्रदेश सदस्य राधिका तामाङले भ्रष्टाचार नियन्त्रण र सूचना प्रवाहलाई चुस्त बनाउनुपर्नेमा कानुन निर्माण ढिलाई भएको बताउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्