१२ श्रावण २०८१, शनिबार
Logo

“नुवाकोटमा उपत्यकाको फोहोर फाल्न पाइदैन”-हित बहादुर तामाङ, प्रतिनिधि सभा सदस्य

नुवाकोट – प्रतिनिधि सभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य हित बहादुर तामाङले काठमाडौको फोहोर नुवाकोटमा बिसर्जन गर्न अनुमती दिनको लागि सोच्नुपर्ने बेला आएको बताउनुभएको छ ।


नुवाकोट जिल्ला समन्वयन समितीको सभाहलमा आयोजित छैठौँ जिल्ला सभालाइ सम्बोधन गर्दै साम्सद तामाङले फोहोर र मानिस एकैठाउँमा रहन नसक्ने बताउनुहुँदै अब एउटा विकल्पमा पुग्नुपर्ने बताउनु भएको हो ।


तत्कालीन समयमा छोटो अवधिको लागि ओखरपौवा र चाउथेमा फोहोर फ्याक्न सहमति दिइएको भएपनी दीर्घकालीन रुपमा डम्पिङ गर्न दिन नसक्ने अबस्थामा यहाँका नागरिक पुगेका छन । नेपाल सरकार र काठमाडौं महानगरपालिकालाई सुझाव दिँदै उहाँले भन्नुभयो, “पहिलो विकल्प फोहोर फाल्न बन्द गर्नुपर्यो यदि दीर्घकालीन रुपमा फ्याक्ने हो भने प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा सहित स्थानान्तरण गरेर अन्यत्र ब्यबस्थापन गर्नुपर्छ ।”


बिगत १७/१८ बर्ष देखि फोहोर फ्याँकिदै आएको क्षेत्रमा गम्भीर प्रकारका सर्ने तथा नसर्ने रोगबाट प्रभावित हुने नागरिकको संख्या दिनदिनै बढ्ने क्रममा रहेकोले फोहोर फ्याक्ने काम बन्द गर्ने या प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा सहित स्थानान्तरण गर्ने मात्रै विकल्प भएको साम्सद तामाङले बताउनु भयो ।
हाल काठमाडौ महानगरपालिका सहित १८ वटा नगरपालिकाको फोहोरका कारण नुवाकोटका ककनी गाउँपालिकाको ३ वटा वडा, बेलकोटगढी नगरपालिकाको ६ वटा वडा र धादिङको धुनिबेसी नगरपालिकाको केही वडाका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका छन ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्