१३ मंसिर २०८०, बुधबार
Logo
final gp koirala advert

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमतीको अध्यक्षमा अधिकारी, उपाध्यक्षमा नुवाकोटका ढुंगाना

एकीकृत अखिल नेपाल शिक्षक संगठन (एन्टो) बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका शंकर अधिकारी चयन हुनुभएको छ ।


आइतबार सिन्धुलीमा सम्पन्न भएको दोश्रो अधिबेशनबाट अधिकारीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको छ ।
प्रदेश कमिटीको बरिष्ठ उपाध्यक्षमा नुवाकोटका दिपक ढुंगाना, उपाध्यक्ष हरुमा बाबुराम घिमिरे, पार्बती कडेरिया, महासचिवमा बसन्त गौतम र अर्थ उपमहासचिवमा खेम प्रसाद लामिछाने चयन हुनुभएको हो ।


अधिबेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले गर्नुभएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्