२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

ककनी गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको उपाधी भबानी माध्यमिक बिद्यालयलाई

ककनी गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको उपाधी भबानी माध्यमिक बिद्यालयले हात पारेको छ ।


ककनी गाउँपालिका भित्रका १४ वटा माध्यामिक बिद्यालयले भाग लिएको प्रतियोगितामा ५ स्वर्ण २ रजत र ४ कास्य पदक गरि कुल ११ पदक सहित भबानी माध्यमिक बिद्यालय प्रथम भएको हो । द्धितिय भएको मुकुन्देश्वरी माध्यमिक बिद्यालयले ३ स्वर्ण १ रजत र १ कास्य सहित ५ पदकका साथ दोश्रो भएको छ


त्यसैगरी २ स्वर्ण र २ रजत प्राप्त गरेर महेन्द्र माध्यमिक बिद्यालय तेश्रो भएको छ । भबानी माध्यमिक बिद्यालय कागती गाउँले २ स्वर्ण १ रजत र २ कास्य गरि ५ वटा पदक प्राप्त गरेको छ ।
राष्ट्रिय माध्यमिक बिद्यालयले १ स्वर्ण, १ रजत र १ कास्य प्राप्त गरेको छ । ओखरपौवा माध्यमिक बिद्यालयले १ स्वर्ण, नवजीवन माध्यमिक बिद्यालयले ५ रजत, गर्वासी माध्यमिक बिद्यालयले १ रजत, लाङटाङ स्नो भ्यु १ रजत र १ कास्य, कालिका माध्यमिक बिद्यालय १ रजत र २ कास्य प्राप्त गरेका छन ।


गाउँपालिका उपाध्यक्ष मिठुमायाँ तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्तोष राई, प्रमुख प्रशासकीय अधिकृत लगाएतको उपस्थिति रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्