२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

नुवाकोट महोत्सब ; जिल्ला बाहिरका व्यापारिका थोत्रा म्याद गुज्रेका मालको स्टक क्लिरयन्सको मेलो


नवराज न्यौपाने ‘वासु’-
मौसमी वर्षा र राजनीतिक वर्षा नसकिदै देश भरि झैं नुवाकोटमा पनि मुद्रा पलायनको मेलाको मौसम सुरु भएको छ । देशमा रोजगारीको अवसर नभएर बिदेशी भुमिमा रगत पसिना बगाई पठाएको रकम पुःन बिदेश नै पलायन हुने गरेको महोत्सवको मेलोको निरन्तरता किन ? स्थानिय स्तरमा मेलामा प्रवर्धन गर्ने कुनै उपलब्धि आज सम्मको कैयौं पटकको महोत्सवले गरेको देखिदैंन ।

नेपाल जस्तो परनिर्भर देशमा सिमित व्यक्तीको लाभ र जिल्लाका सोझा सादा नागरिकले सकि नसकि गोजिको पैसो टक्टक्याई चटके खेलोमा स्वाहा गराउने कार्य के आम नागरिकको हितमा छ त ? के अव पनि यस्तै चटक पटक पटक देखाई अनुत्पादक क्षेत्रको खेलो खेलि रहने ?
भारतिय चटकेको चटक देखाई रकम उतै पठाउने खेलोको निरन्तरता किन रु साथै जिल्ला बाहिरका व्यापारिका थोत्रा म्याद गुज्रेका चाहे नयाँ खोल राखेर समेत मालको स्टक क्लिरयन्सको मेलोले नुवाकोटे नागरिकको के हित हुन्छ रु व्यापारिको जालोले स्थानिय नागरिकको उपजले आज बजार नपाउने स्थिति छ ।

जो यो मेलोको आयोजक छ, उसैले नागरिकलाई उत्पादनमुलक क्षेत्रमा खर्च गर्न प्रवर्दन गर्नु त परै जाओस्, सकि नसकि परम्परागत पेशावाट उत्पादित उपजलाई उपभोक्तासम्म पुग्ने तगारो बनिरहेका छन् । उदाहरणको लागि स्थानिय तरकारि कौडिको भाउमा नि व्यापारि लिन तयार हुन्नन् , जेन तेन कौडिको भाउमा किनिहाले भने पनि उपभोक्ताले पाँच गुणा मुल्य तिर्न वाध्य हुनु पर्छ ।


स्थानीय उपज बिक्रि गर्ने भनि तयार पारिएको ईलम प्रशिक्षण हातामा निर्मित हाट बजार कस्ले चल्न दिएन ? राज्यकै अनुदानमा निर्मित सहकारिको तरकारि फलफुल बजार कस्ले बन्द गरायो ? पुनः सञ्चालनको पहल कस्ले कहिले गर्छरु सहकारी पनि व्यापारि कै चंगुलमा त फसेको होईन ?

Shivapuri rural municipality awareness message jalapanews

भन्न त भन्लान् कि यो महोत्सव स्थानिय उपज तथा स्थानको प्रवर्दन गर्नको लागि गरिएको हो। के एक दुई वटा स्टलमा फर्सी तरुल देखाएर स्थानिय उपजलाई प्रवर्दन हुन्छ ? जबकि परम्परागत आकासे खेति प्रणाली, मलखाद अभाव, आधुनिक बिउ बिजनको परनिर्भरता, सिंचाइको असुबिधा, स्थानिय उपजले बजार नपाउने जस्ता आधारभुत समस्या हल गर्ने तर्फ राज्यको कुनै निकाय तथा पदाधिकारीको ध्यान जाँदैन।

पञ्चायत कालमै पोखराको सेति नदिको पानी सुरुङ मार्फत तत्कालिन अवस्थामै आधुनिक सिंचाई नहर मार्फत पोखरालाई पर्यटकिय हिसावले मात्रै नभई उति बेलैमा आधुनिक सिंचाई प्रणालिवाट खेतिको सुरुवात गरे । नुवाकोटमा यति ठुला नदिनालाको पानी खेर गई रहेको छ । सुख्खाटार त छँदै छ खानेपानी समेत आजका दिन सम्म सर्वसुलभ रुपमा घरघरमा पुर्याउन सकिएको छैन। तर खानेपानी लगायतका समितिमा वस्नको लागि भने किन मारामार ? किन राजनीति ?

खेर गईरहेका तथा बाँझो जमिनलाई जमिनको उर्बराशक्ति तथा भुबनोटको आधारमा एकिकृत सामुहिक आधुनिक खेति प्रणालीमा जोड्ने योजना लेराउँने, कृषीमा अनावश्यक श्रमशक्ती तथा खेर गइरहेको श्रमलाई उत्पादनका अन्य क्षेत्रमा सामुहिककरण तथा सहकारिको अवधारणा तथा सार्वजनिक कम्पनिको मोडेलमा एकिकृत गर्न सकेमा रोजगारिको अवसर बढ्ने, जिवनस्तर उकासिने, स्थानिय स्रोत साधनको सदुपयोग हुने बिदेसिनु पर्ने वाध्यतालाई समेत कम गरि समग्र अर्थतन्त्रमा नै योगदान पुग्ने थियो ।


चामलको लागि प्रख्यात भनेर देश भरि आयोग पढ्ने परिक्षार्थीले घोकिरहँदा भारतिय चामललाई नेपाली मिलको छाप हानेको बोरामा ट्रकका ट्रक नुवाकोट भित्र्याई बेचिरहदा उद्योग बाणिज्य संघका अध्यक्ष कार्की सरलाई तेहि चामलले कुरि कुरि गरिरहेको छ । त्रिशुली किनारमै बेच्न राखेको तराइका माछा देखेर त्रिशुलीको पानीले खित्का छोडिरहेको छ । आफ्नो जमिन बाँझो राखि बोरा र पोकामा खाद्यान्न ओसार्ने हामीहरुलाई तेहि पोकाले गिज्याई रहेको छ ।


जबकि महोत्सव तयारि चाइनिज र भारतिय सामाग्री बिक्रि गर्ने थलो सिवाय केहि बनेको ईतिहास छैन । तेहि भारतिय व्यापारिको बिभिन्न पिङ घुमाई विदेश तिरै मुद्रा पलायनको पटके निरन्तरता किन रु करौडौंको व्यापार बिना बिल हुने कारोवारको बैधानिकता प्रदान गर्ने कार्यले स्थानिय तथा माथिल्लो सरकारले कति राजस्व कमाउँछ ? यस्को लेखाजोखा स्थानिय निकाय तथा सम्बन्धित व्यक्तीले गरेको छ त ?
टिकट बिक्रि र स्टल बिक्रि गरि धेरै रकम उठाउने एक मात्र लक्ष्य राखेर ठुलो स्पिकरमा गर्जेर राम रमिता तथा भाषण वाजिको निरन्तरताको लागि किन र कस्का लागि भन्ने दिन अव आएन र ?

प्रतिक्रिया दिनुहोस्