१२ श्रावण २०८१, शनिबार
Logo

आज दुप्चेश्वरको राउतबेशीमा ल्होछारको अबसरमा शुभकामना आदान प्रदान हुदै, दर्जनौ कलाकारहरुको प्रस्तुति रहने

रास्ट्रीय संगितकर्मी संघ दुप्चेश्वरको आयोजनामा गाउँपालिकाको राउतबेसिमा २८५९ औ ल्होछारको अबसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।


नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं पुर्व मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा आज कार्यक्रम हुन लागेको राष्ट्रीय संगितकर्मी संघ दुप्चेश्वरका अध्यक्ष जय बहादुर तामाङले बताउनु भयो । कार्यक्रममा अन्य अतिथिहरु माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य राधिका तामाङ, कांग्रेस नेता जगदिश्वर नरसिंह केसि, एमाले नेता सुशील खड्का, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगाएतको उपस्थिती रहने छ ।


कार्यक्रममा स्थानिय तथा रास्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । कार्यक्रममा गायिका जितु लोप्चन, पबित्रा गुरुङ, अर्चना श्याङतान, रामहरी भन्डारी, प्रकाश कटुवाल, रेशम थिङ, मान बहादुर तामाङ, रुबिन खड्का, कुमार लामा, दिनेश लामा, करन तामाङ, बिकि लामा, फुलमाया तामाङ, स्थानीय कलाकारहरु भक्त रुम्बा, सीता तामाङ, मन दोर्जे तामाङ, प्रवल थिङ लगायतले सांगीतिक मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्