लैङ्गकि हिंसामुक्त कार्यलय निर्माणमा हाम्रो भुमिका विषयक अन्तकृया सम्पन्न

सुर्यगढी गाउँपालिकाले लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियानमा समस्या समाधान तर्फ केन्द्रित गर्ने बताएको छ ।
लैङ्गकि हिंसामुक्त कार्यलय निर्माणमा हाम्रो भुमिका विषयक अन्तकृया कार्यक्रम सम्पन्न गरि सकेको पालिकाले बाकी दिनमा सबै वडाहरुमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख राममणि अधिकारिले बताउनु भयो ।
१६ दिने अभियालकोे क्रममा माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुसंँगको अन्तरकृया तथा र्याली संचालन गरि हिंसा निरुपणका उपाय तथा हिंसा भएमा गुनासो तथा उजुरी गर्ने तरिका समेत सिकाउने गाउँपालिकाले जनाएको छ ।
सुर्यगढी गाउँपालिका भित्र कुनै पनि लंैगिक हिंसा भएमा वा देखेमा गाउँ पालिकाको न्यायिक समितिमा लिखित मौखिक तथा फोन वा स्वयं उपस्थित भई उजुरी गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्