६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

“नुवाकोटको दुवै क्षेत्रमा गठबन्धनका साझा उमेदवारको जित निश्चित छ”-नेता हितबहादुर तामाङ

नुवाकोट क्षेत्र नं १ का बाम–लोकतात्रिक गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता हितबहादुर तामाङले निर्वाचनको समयमा गलत हल्लाको पछि नलाग्न र सचेत हुन आग्रह गर्नुभएको छ ।
गठबन्धन दलका नेता तथा कार्यकर्ताले मत नदिने भन्ने कुरा एमालेको योजनाबद्ध हल्ला मात्रै रहेको बताउनु भयो ।
गठबन्धनले चुनाव हार्यो भन्दै अपत्यारिलो भ्रम छर्नु एमालेको पराजित मानसिकता बाहेक केही नभएको नेता तामाङले बताउनु भयो ।


म्ांगलबार सुर्यगढी गाउँपालिका वडा नं. १ लच्याङमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उम्मेदवार तामाङले गठबन्धनका उम्मेदवारलाई भोट नहाली सुखै नभएको बताउनु भयो । नेता तामाङ क्षेत्र नं १ प्रतिनिधी सभामा म आफैँ, प्रदेश क मा राधिका तामाङ र ख मा रमेश महत तथा क्षेत्र नं २ मा अर्जुन नरसिंह केसी राम प्रसाद ढुंगाना र बहादुर सिंह लामाको जित निश्चीत भएको बताउनु भयो ।

नेता तामाङले गठबन्धनका उमेदवारहरुको जित निश्चीत भैसकेकोले आफु निर्वाचित भए पछि डा.महतले सुरु गरेका योजनाहरुलाई निरन्तरता दिन र उनको सपना पुरा गर्ने जिम्मा आफ्नो भएको बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्