६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

“सहमतिद्धारा भागबन्डा भएको हो हामीले साझा उमदवार जिताउनु छ”-नेता महत

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्ब अर्थ मन्त्री डाक्टर रामशरण महतले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचनमा अनिवार्य रुपमा गठबन्धन दलका साझा उमेदवारहरुलाई मतदान गरेर बिजयी गराउन गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई आग्रह गर्नुभएको छ ।


मंगलबार सुर्यगढी गाउँपालिकाको लच्याङमा आयोजना गरिएको चुनावी सभालाई संबोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ केन्द्रिय सदस्य महतले नुवाकोट निर्वाचन क्षेत्र नं १ का प्रतिनिधी सभाका उमेदवार हित बहादुर तामाङलाई गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरि बिजयी गराउन सबैलाई आग्रह गर्नु भयो । नेता महतले नुवाकोट निर्वाचन क्षेत्र नं १ क मा राधिका तामाङलाई गोलाकार भित्रको हँसिया हथौडामा र १ को ख मा रमेश महतलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।


नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच झन्डै दुई दशक देखि सहकार्य गरेको स्मरण गर्नुहुँदै भन्नुभयो “बाह्र बुँदे सम्झौता देखि २०६२÷६३ सालको जन आन्दोलन, ऐतिहासिक शान्ती सम्झौता र संबिधान सभाको निर्वाचन हुँदै संघिय गणतन्त्रको स्थापना र संबिधानको निर्माणमा नेपाली कांग्रेस र माओवादी केन्द्र संगै हिँडेको छ । ”


तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलिले गैर संबैधानिक तरिकाले सम्सद भंग गरेकाले संबैधानिक सर्बोच्चता र बिधिको शासन स्थापना गर्न कांग्रेस, माओवादी, एकीकृत समाजबादी लगाएत दल मिलेर साझा उमेदवार तय गरेको नेता महतले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews


गठबन्धन दलमा सहमति गरेर सिट भागबन्डा गरेको बताउनुहुदै नेता महतले नुवाकोटका निर्वाचन क्षेत्रहरु १ नम्बरमा हित बहादर तामाङ र २ नम्बर क्षेत्रमा अर्जुन नरसिंह केसिको पक्षमा एकजुट भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अब बन्ने संघीय र प्रदेश सरकार गठबन्धन दलकै नेतृत्वमा बन्ने भन्दै नुवाकोटका सबै क्षेत्रको बिकाश गर्न साझा धारणा बनाएर जाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्