१२ श्रावण २०८१, शनिबार
Logo

भेला,उमेदवार परिचयात्क कार्यक्रम र कार्यकर्ता भेटघाट कार्यक्रममा ब्यस्त गठबन्धनका उमेदवार

आगामी मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै उमेदवारहरु पार्टी कमिटीका बैठक, परिचयात्मक कार्यक्रम तथा निर्वाचन आचारसंहिताले निर्धारण गरे अनुसारको प्रोटोकलमा रहि भेलामा केन्द्रित हुन थालेका छन ।


मंगलबार सुर्यगढी गाउँपालिकामा गठबन्धनमा आबद्ध दलहरुको बैठकमा सम्पुर्ण पार्टी कमिटी परिचालन गर्ने निर्णय भएको चुनाव परिचालन कमिटीका १ नम्बर क्षेत्रीय संयोजक पुष्प लामिछानेले बताउनु भयो ।

यसै क्रममा बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारहरुले नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गतका ४ वटा पालिकामा उमेदवार परिचयात्मक कार्यक्रम, पार्टी कमिटीका बैठक तथा भेला सहितको कार्यक्रम सम्पन्न भैसकेको संयोेजक लामिछानेले बताउनुभयो ।
नेता लामिछानेका अनुसार असोज ३० गते ककनिमा, ३१ गते लिखु र शिवपुरी गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा भेला गरेको थियो । त्यस्तै सोमबार १ नम्बर निर्वाचन क्षेत्रीय कार्यलयको उद्घाटन गरिएको थियो ।

कार्तिक २ गते तादी र दुप्चेश्वर गाउँपालिका र ३ गते पन्चकन्या गाउँपालिकाको घले भञ्ज्याङमा उमेदवार सहितको पालिका कमिटीको बैठक तथा भेला गरिने गठबन्धनले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

मंसिर ४ गतेको निर्वाचनमा नुवाकोटको १ नम्बर निर्वाचन क्षेत्रमा नेकपा (माओवादी केन्द्र) का पोलिट ब्युरो सदस्य हित बहादुर तामाङ, प्रदेश सभा क मा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य राधिका तामाङ र प्रदेस ख मा नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति रमेश कुमार महत उमेदवार रहेका छन ।


पहिलो चरणको कार्यक्रम सम्पन्न भएपछी निर्वाचन परिचालन कमिटीको बैठक बसि दोश्रो चरणको कार्यक्रम तय गरिने संयोजक पुष्प लामिछानेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्