२२ मंसिर २०८१, शनिबार
Logo

निर्वाचनमा सञ्चार माध्यमको अनुगमनः काउन्सिलले सक्रियता बढायो

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, २०७९ लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तिव्रता दिएको छ ।

काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको हो । अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टा छुट्टै समुह बनाइ काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिनुभयो । मङ्गलबार काउन्सिलले अनुगमनमा खटिएका कर्मचारीसहित तथ्याङ्कविज्ञसँग छलफल गरेको थियो ।

यसअघिका आम निर्वाचनहरूमा समेत तथ्याङ्क प्रशोधनसहित अनुमगनको अनुभव सङ्गालेका तथ्याङ्कविज्ञद्वारा तथ्याङ्क प्रशोधन÷अनुगमन विधिबारे सङ्क्षिप्त अभिमुखीकरण भएको सूचना अधिकारी बोहराले बताउनुभयो । उहाँले काउन्सिलले आफ्नो नियमित अनुगमनसँगै निर्वाचन अनुगमनलाई समेत निरन्तरता दिएको र पत्रकार तथा सञ्चार माध्यमसम्बद्ध सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन समेत भइरहेको जानकारी दिनुभयो ।

यसअघि काउन्सिलले २०६४ सालको संविधान सभा निर्वाचन, २०६५ सालको उपनिर्वाचन, २०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचन र २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चार माध्यम विशेष अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्