१२ श्रावण २०८१, शनिबार
Logo

“ तारकेश्वर कांग्रेस एकजुट छ”-सभापति केशवराज अर्याल

तारकेश्वर- नेपाली कांग्रेस तारकेश्वर गाउँ कार्य समितिको आयोजनामा दशै, तिहार एवं छठ पर्बको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन भएको छ ।


शुक्रबार तारकेश्वर गाउँपालिका स्थित दाङसिङमा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति राजु थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले दशै तथा तिहार धार्मिक तथा सांस्कृतिक पर्व भएकोले सबै नेपाली नागरिकहरुले आआफ्नो क्षमता अनुसारको मनाउन आग्रह गर्नु भयो ।


नेता थापाले आगामी संघ तथा प्रदेश सभाको निर्वाचनमा पार्टीमा आन्तरिक एकतालाई मजबुत बनाउँदै गठबन्धनको साझा उमेदवारको पक्षमा माहोल सिर्जना गर्दै अत्याधिक मत दिएर पठाउनु पर्ने बताउनु भयो ।


गाउँ कार्य समिति सभापति केशवराज अर्यालले तारकेश्वर कांग्रेस एकजुट रहेको बताउनु हुँदै संगठन सुदृढीकरणमा जोड दिइने बताउनु भयो ।
तारकेश्वर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष तथा कांग्रेस कार्यसमिति सचीव चक्र बहादुर तामाङले स्थानीय सरकार जनताको पहिलो सरकार भएको बताउदै तारकेश्वर सरकारको सिंगो टिम तारकेश्वरको बिकाश गर्नको लागि एकजुट रहेको बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews


काँग्रेश नेता सन्तलाल तामाङले तारकेश्वर गाउँपालिकामा कांग्रेसको विकल्प काङ्ग्रेस नै हो भन्दै अन्य राजनीति दल भन्दा कांग्रेस जिम्मेवार हुनु पर्ने बताउनु भयो । नेता तामाङका अनुसार आन्तरिक एकतालाई मजबुत बनाउँदै संगठन सुदृढीकरण गर्नु आबश्यकता रहेको छ ।
कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताका साथै विभिन्न भात्री तथा शुभेच्छुक संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्