६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

जेष्ठ नागरिक र अतिअशक्तलाइ घरटोलमै सुरक्षा भत्ता

दुप्चेश्वर – दुप्चेश्वर गाउँपालिकाले नागरिकहरुलाई दशै अगाडी नै सामाजिक सुरक्षा भत्ता बितरण गर्ने लक्ष्य राखेको छ ।


बिगतमा सामाजिक सुरक्षा भत्ता लिन निकै कठिन भोग्नु परेको नागरिकहरुको गुनासो तथा समस्या समाधान गर्न घरटोल मै सामाजिक सुरक्षा भत्ता बिरण गरिने वडा नं २ का वडा अध्यक्ष बिरबल तामाङ बताउनु भयो ।


उहाँका अनुसार दुप्चेश्वर गाउँपालिका वडा नं २ मा सामाजिक सुरक्षा भत्ता लिने करिब ३ सय नागरिकहरु छन् । ३ सय नागरिक मध्ये करिब १ सय ५० नागरिहरुले भने सामाजिक सुरक्षा भत्ता बापत आउने रकम टोलटोल मै लिने भएका छन् ।
समुद्रटारमा रहेको ज्योती बिकाश बैकको सहमती र वडा नं २ का अध्यक्ष बिरबल तामाङको पहलमा आज करिब ५५ जनाले घरघरमै सामाजिक सुरक्षा भत्ता लिएका छन् ।


अध्यक्ष तामाङको पहलले जटिल भौगोलिक अबस्था र अस्वस्थ शरिर लिएर घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यात्मक परिस्थीती अत्य भएकोमा नागरिहरुले खुशी ब्यक्त गरेका छन् ।
घरबाट बैँक सम्म आउन नसक्ने, अतिकमजोर स्वास्थ्य अबस्था भएका करिब १ सय ५० नागरिकहरुले दशै अगाडी नै घरटोलमै भत्ता पाउने अध्यक्ष तामाङले बताउनु भयो । उहाँले आज बुधबार बोलगाउँका ५५ जना नागरिकहरुले रकम बुझेको बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews


भोली बिहिबार वडा कार्यलय ढाँडेमा करिब ६० जना अतिअशक्त नागरिहरुलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिने र पर्सि शुक्रबार ओडारेभंज्याङबाट रकम प्रदान गरिने अध्यक्ष तामाङले बताउनु भयो ।
बैँक सम्म पुग्न सक्ने नागरिहरुले भने ज्योती बिकाश बैँकबाट आफ्नो भत्ता शुक्रबार सम्म लिन सकिने वडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्