६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रको तेश्रो राष्ट्रिय भेला सम्पन्न

नेकपा (माओवादी) केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रको तेश्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।


भेलाले चित्र बहादुर श्रेष्ठको नेतृत्वमा २५१ सदस्यीय केन्द्रिय समिती र ८१ सदस्यीय केन्द्रिय सचिवालय गठन गरि सम्पन्न भएको नव निर्वाचित सचिवालय सदस्य केदार पुडासैनीले बताउनु भएको छ ।
नुवाकोटबाट सचिवालय सदस्यमा केदार पुडासैनी र केन्द्रिय सदस्यमा श्यामराज कँडेल, शर्मिला उप्रेती र रामशरण अधिकारी चयन हुनु भएको छ ।


यस अघि नुवाकोटका १२ स्थानीय तह मध्ये ९ वटामा कमिटी गठन भैसकेको छ ।
बेलकोटगढी नगरपालिकामा हरि बजगाईको नेतृत्वमा नगरपालिका कमिटी गठन भएको छ । बिदुर नगर कमिटिमा संयोजक कृष्ण धिताल र सचीवमा लक्ष्मण पाण्डे, म्यागङमा संयोजक अञ्जली तामाङ र सचीवमा अनिल घले, पन्चकन्या गाउँपालिकामा इन्चार्ज राम प्रसाद मिश्र, संयोजक केदार प्रसाद सुवेदी, सचिवमा गोबिन्द खतिवडा चयन हुनु भएको छ ।


तादीमा इन्चार्ज कुमार उप्रेती, संयोजक दिनेश मिश्र र सचीव सुरेश दाहाल, दुप्चेश्वरमा संयोजक मुक्तिराम तामाङ, सचीव सन्तुराम तामाङ, तारकेश्वरमा संयोजक कृष्ण घिमिरे, सचीव हरेराम रिमाल चयन हुनु भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews


त्यस्तै ककनिमा संयोजक रामकृष्ण फुँयाल, सचीव श्यामलाल बलामी र लिखु गाउँपालिका कमिटिको संयोजक ध्रुवराज श्रेष्ठ र सचीव शिव ढुंगाना रहेकोे केन्द्रिय सदस्य एवं जिल्ला संयोजक श्यामराज कँडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्