१२ श्रावण २०८१, शनिबार
Logo

गौरापार्वती सामुदायिक स्वास्थ केन्द्रलाई अल्ट्रासाउन्ड मेसिन प्रदान

तारकेश्वर , तारकेश्वर गाउँपालिका वडा नम्बर २ सात दोबाटो स्थित गौरापार्वती सामुदायिक स्वास्थ केन्द्रलाई स्विस नागरिक बर्नहार्ट बुलरले अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएका छन ।


गौरापार्वती सामुदायिक स्वास्थ केन्द्रको भवन निर्माण तथा संचालन गर्न पर्यटन ब्यबसायी मोहन लम्सालले महत्वपूर्ण सहयोग गरेका थिए । यस अघि बुलर नेतृत्वको समूहको आर्थिक एवं प्राबिधिक सहयोगमा उक्त स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अबिरलले वडा नं २, ३ र ४ का नागरिकहरुले सहजै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाको रुपमा यस संस्थालाई बिकाश गरिने बताउनु भएको छ ।


तारकेश्वर गाउँपालिकाले गौरापार्वती सामुदायिक स्वास्थ केन्द्रलाई १० सैयाको सुबिधा सम्पन्न अस्पतालको रुपमा बिकास गर्ने निर्णय गरेको छ । अल्ट्रासाउन्ड मेसिन उपलब्ध भएपछी स्वास्थ उपचार गराउन आउने सेवाग्राहीका लागि सहज हुने अस्पतालले बिश्वास गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्