१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट निर्माण व्यवसायी संघको अध्यक्षमा प्याकुरेल र महासचिवमा फुँयाल

नुवाकोट, निर्माण व्यबसायी संघ नुवाकोटको नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा शैलेन्द्र राज प्याकुरेलले कृष्ण प्रसाद थपलिया लाई २२ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ । प्याकुरेलले १४१ मत ल्याउँदा प्रतिद्वन्दी कृष्ण प्रसाद थपलियाले ११९ मत प्राप्त गर्नु भएको थियो ।


वरिष्ठ उपाध्यक्षमा गणेश बहादुर तामाङ १४७ मत सहित बिजयी हुनुभयो भने पराजित पशुपति थापाले १०७ मत प्राप्त गर्नुभएको थियो । क्षेत्र नम्बर १ को उपाध्यक्षपदमा १३९ मत ल्याएर प्रज्वल कार्की बिजयी हुँदा पराजित सुवास चन्द्र कार्किले १११ मत प्राप्त गर्नुभयो । क्षेत्र नम्बर २ को उपाध्यक्षमा रामचन्द्र श्रेष्ठले १३२ मतले बिजयी हुँदा पराजित अरुण कुमार थापाले ११९ मत प्राप्त गर्नु भएको थियो । महासचिवमा सुशील प्रसाद फुँयालले जम्मा १ मतले रमेश कुमार बस्नेत लाई पराजित गर्नुभयो । महासचिवमा बिजयी फुँयालले १३१ र रमेश कुमार बस्नेतले १३० मत प्राप्त गर्नु भएको हो ।


सचीवमा १५८ मत ल्याएर शिबलाल श्रेष्ठ बिजयी हुँदा पराजित दिपक पण्डितले ९५ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी कोषाध्यक्षमा श्याम बहादुर तामाङले १५२ मत ल्याएर बिजयी हुँदा पराजित बाल मुकुन्द नेपालले १०० मत प्राप्त गनु भएको थियो भने सह कोषाध्यक्षमा योगेन्द्र सिंह थापाले १७१ मत सहित बिजयी हुँदा पराजित हुनुभएका रेवती मान श्रेष्ठले ७९ मत प्राप्त गर्नु भएको थियो ।


नयाँ निर्वाचित समितिको सपथ ग्रहणका साथै पद बहाल भएको छ । आज बिदुरमा सम्पन्न कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पवनराज खड्काले अध्यक्ष शैलेन्द्र राज प्याकुरेल र अध्यक्ष प्याकुरेलले पदाधिकारीका साथै अन्य सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्