१२ श्रावण २०८१, शनिबार
Logo

दुप्चेश्वर गाउँपालिकाले एक साता श्रम सप्ताह मनाउदै

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले एक साता श्रम सप्ताह मनाउने भएको छ । आइतबार बसेको कार्यपालिको बैठकको निर्णय अनुसार असोज २ गते देखि ९ गते सम्म श्रम सप्ताह मनाउदै छ ।


आआफ्नो वडाबाट सार्वजनिक स्थल सरसफाइ, बाटो मर्मत सम्भार, वृक्षारोपण, पाटी पौवा निर्माण लगाएतको काम गरि श्रम सप्ताह मनाइने पालिकाले जानकारी दिएको छ ।


वडाहरुको ठाउँ बिशेषको आधारमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष शंकर बहादुर थापाले बताउनु भयो ।
कार्यक्रममा बुद्धिजीवी, नागरिक समाज, राजनैतिक दलका नेता, जनप्रतिनिधिहरू तथा आमनागरिकहरुको सहभागिता रहने अध्यक्ष थापाले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्